प्रदेश २ प्रदेशसभाको बैठकः ठाकुर पक्षका सांसदहरु अनुपस्थित

student

जनकपुरधाम । प्रदेश २ प्रदेशसभाको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरू अनुपस्थित भएका छन् । अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले चार जना मन्त्रीलाई पदमुक्त गरेपछि ठाकुर पक्षका सांसदहरु असन्तुष्ट बनेका हुन् ।

आजदेखि सुरु भएको प्रदेशसभा अधिवेशनमा सहभागी नहुने निर्णय गरिएको सांसद सुरेश मण्डलले बताए । केन्द्रबाट आवश्यक निर्देशन नआएसम्म बैठकमा सहभागी नहुने उनले बताए । यसअघि हिजै मात्रै मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र तीन राज्यमन्त्रीलाई पदमुक्त गरेका हुन् ।

प्रदेश २ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का २५ सांसद छन् । जसमध्ये २० सांसद बैठकमा उपस्थित भएन । यद्यपी, राजपाका पाँच जना सांसद भने बैठक सहभागी भएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस