करेन्ट लागेर एक जनाको मृत्यु

जनकपुरधाम । सर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बागमती नगरपालिका वडा नम्बर २ का ३३ वर्षीय हरिकृष्ण मण्डलको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार सोमबार बेलुका बागमती नगरपालिका वडा नम्बर ३ का कृष्ण उप्रेतीको बँगुर खोर बनाउने क्रममा मिस्त्रीको रुपमा काम गर्दै गरेका मण्डलले जस्ता पत्ता उचाल्दा ११ हजार भोल्टको तारमा टाँसिएको थियो ।

करेन्ट लागेर घाइते भएका मण्डललाई उपचारका लागि जीवन अस्पताल हरिवन लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस