सप्तरीमा एक ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु

राजविराज, २५ जेठ । सप्तरीमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित नर्सिंग होममा अग्नीसाइर कृष्णासवरण गाउँपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए ।

सोही नर्सिंग होममा गरिएको परिक्षणबाट उनमा हिजो संक्रमण पुष्टि भएको थियो । योसँगै सप्तरीमा दोस्रो कोरोना लहरमा संक्रमणबाट मृत्यु हुनेको संख्या ९८ पुगेको छ । यसअघि पहिलो लहरमा संक्रमणबाट ४१ जनाको र्मत्यु भएको थियो ।

यसैगरी आज थप ६ जनामा संक्रमण देखिएको प्रमुख यादवले बताए । उनका अनुसार राजविराजमा २ महिला र ३ जना पुरुष तथा अग्निसाइकर कृष्णासवरण गाउँपालिकाका एक जना पुरुषमा संक्रमण देखिएको छ ।

योसँगै हालसम्म सप्तरीमा संक्रमितको संख्या १ हजार ९८५ पुगेको छ । जसमध्ये अहिलेसम्म १ हजार १८१ जना निको भएका छन् । हाल सप्तरीमा ७०६ सक्रिय संक्रमित छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस