प्रसुति महिलालाई पोषण आहारको लागि नगद प्रदान

राजविराज, २५ जेठ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा वडा नम्वर २ लौनियाँ स्वास्थ्य चौकीमा सञ्चालित वर्थिङ्ग सेन्टरमा आज विहान जन्मिएका बच्चाको लागि गाउँपालिकाले नगदसहित विभिन्न सामग्रीहरु प्रदान गरेको छ । लौनियाँकी शनिचरीदेवी खंगले उक्त वर्थिङ्ग सेन्टरमा बच्चालाई सुरक्षित जन्म दिएकी स्वास्थ्य चौकीकी अनमी मीनाकुमारी मण्डलले बताइन ।

प्रसुति खंगलाई आजै गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले ब्यक्तिगत रुपमा ११ सय रुपैयाँ दिएका छन् । वर्थिङ्ग सेन्टरमा पहिलो बच्चालाई जन्म दिएकी खंगलाई गाउँपालिका अध्यक्ष सिंहले पोषण आहार खानकालागि ब्यक्तिगत रुपमा रकम दिएका हुन् । यसैगरी नेपाल सरकारले तोकेको यातायात वापतको पाँच सय रुपैयाँ वडा अध्यक्ष खगेन्द्र मण्डलले दिए ।

प्रसुति महिलालाई बच्चाको लागि नेपाल सरकारबाट प्राप्त एक थान न्यानो झोला समेत प्रदान गरिएको जनाएको छ । गत बैशाख १० गते उक्त वर्थिङ्ग सेन्टरमा पहिलो बच्चाको जन्म भएको हो । राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंहले उक्त वर्थिङ्ग सेन्टरको उद्घाटन गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस