लकडाउनपछि यस्तो छ कट्रीनाको योजना

मुम्बई । कट्रीना कैफ बलिउडकी लोकप्रिय अभिनेत्री मध्येकी एक हुन् । बहु प्रतिभाका कारण उनी सबैको प्रिय छिन् । उनी अबको दिनमा रोहित शेट्टीको फिल्म ‘सुर्यवंशी’ र हरर कमेडी फिल्म ‘फोन भूत’ मा देखिने छिन् ।

त्यसपछि उनको अर्काे एक ठुलो फिल्ममा ‘टाइगर ३’ को सुटिङ हुनेछ ।

उनी यो फिल्मको सुटिङका लागि निकै उत्सुक छिन् । किनभने यो फिल्म उनको मनको नजिक छ । ‘टाइगर जिन्दा है’ र ‘एक था टाइगर’ मा जस्तै यो फिल्ममा पनि उनका घातक एक्सनहरू रहनेछन् । फिल्मको सुटिङका लागि उनी कोरोनाको स्थिति सामान्य हुने पर्खाइमा छिन् । लकडाउन हट्ने बितिकै ‘टाइगर ३’ को सुटिङ गर्ने उनको योजना रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस