माछा मार्ने क्रममा एक दम्पतीको करेन्ट लागेर मृत्यु

इटहरी । सुनसरीको इटहरीमा एक दम्पतीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । उदयपुर जिल्लाको रौता गाउँपालिका घर भई इटहरी २० तरहरामा कोठाभाडामा बस्दै आएका २५ वर्षीय हेमशर राई र उनकी श्रीमति २२ वर्षीय सर्मिला राईको इटहरी १९ र २० को सिमानामा पर्ने खार्साला खोलामा करेन्ट लागेर मृत्यु भएको हो ।

उनीहरु एक फनिर्चर उद्योगमा काम गर्दै आएका थिए । रातको समयमा ३ वर्षकी छोरी सुताएर माछा मार्न १२ बजे विद्युतिय धराप लिएर नजिकैको खोलामा गएका बेला करेन्ट लागेको २० नम्बर वडा अध्यक्ष मणिराम श्रेष्ठले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय इटहरीले दुवैको पोष्टमार्टमका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको बताएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस