‘राष्ट्रिय एकता अभियान’द्वारा एक सय सदा परिवारलाई छाक टार्न सहयोग

राजविराज । कोभिड–१९ संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाका कारण छाक टार्न समस्या खेप्दै आएका सप्तरीको विष्णुपुर गाउँपालिका–६ का एक सय सदा (मुसहर) परिवारलाई खाद्यान्न उपलब्ध गराइएको छ ।

‘राष्ट्रिय एकता अभियान’को समन्वयमा शुक्रवार उनीहरुको घरमै पुगेर छाक टार्न खाद्यान्न उपलब्ध गराइएको हो । सदा बस्तीका एक सय परिवारलाई चामल, दाल, आलु, नून, खाने तेलसहितका खाद्यान्न उपलब्ध गराइएको अभियानकी उपाध्यक्ष सुनिता साहले बताइन् ।

अभियान अन्तर्गत निषेधाज्ञाका कारण छाक टार्न समस्यामा परेकाहरुलाई केही समयअघि एक छाक पुग्ने गरी खाद्यान्न उपलब्ध गराउँदै आएको छ । सोहीअनुसार नै सदा परिवारको छाक टार्न खाद्यान्न उपलब्ध गराइएको उपाध्यक्ष साहले बताइन् ।

सो कार्यक्रममा अभियानका केन्द्रीय अध्यक्ष विनय यादव, सप्तरी जिल्लाको महिला विभागीय प्रमुख रमिला साह, सुबी यादव, दिपेश यादव लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस