लहानबाट हिडेको जिप दुर्घटना हुँदा एकको मृत्यु, तीन जना गम्भीर

लहान । सिरहाको लहानबाट कुटानी पिसानी मिलको उपकरण लिएर उदयपुको ताप्लीतर्फ जाँदै गरेको बोलेरो जिप गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

ताप्ली गाउपालिका–४ ठानागाउँ पोखरीस्थित भित्री कच्ची सडक खण्डमा बा १८ च १५६७ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा सिन्धुलीको दुधौली नगरपालिका–१० का ६० बर्षिय इन्द्रबहादुर बिकको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक भिमबहादुर दाहालले बताए । दुर्घटनामा परि चालकसहित ३ जना घाईते भएका छ्न । घाइते ३ जनाको टाउको, हातखुट्टा र शरिरको विभिन्न भागमा चोट लागेको छ ।

गम्भीर अवस्थाका उनीहरुको कटारी अस्पतालमा उपचार हुन नसकेपछी थप उपचारकालागि बिराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780