मनाङेबारे डा. भट्टराईको टिप्पणी–‘कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न’

जनकपुरधाम । आपराधिक पृष्ठभूमिका दिपक मनाङे हालै गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएपछि सामाजिक सञ्जालमा नानाथरी टिप्पणी भइरहेको बेला पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले उनको बचाउ गरेका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले कोही पनि मान्छे जन्मजात अपराधी नहुने तर्क गर्दै मनाङेको बचाउ गरेका हुन् । मनाङे मन्त्री भएपछि आफुलाई भेटेपछि मिडियामा विभिन्न टिकाटिप्पणी भइरहेको भन्दै डा.भट्टराईले यसलाई अन्यथा नमान्न आग्रह पनि गरेका छन् ।

उनले लेखेका छन्, ‘मेरो सुविचारित र अनुभवजन्य मान्यता छ– कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न। समाज/राज्यले मान्छेलाई अपराधी बनाउँछ। साथै वर्गीय/जातिय/लैंगिक विभेद भएको समाजमा राज्यरसमाजको वर्चश्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ। अतः अपराध/अपराधी एक सापेक्ष अबधारणा हो।’

‘मैले २०५९/०६० सालको दोश्रो वार्ताकालमा देशका विभिन्न जेल/बन्दीगृहको भ्रमण गरेपछि भनेको थिए– नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन् । अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन् । त्यही सोचका साथ आफु प्रम छँदा मैले जेलसुधारनिम्ति तत्कालीन सांसद देवी खड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिए, जसको प्रतिवेदन अझै कार्यान्वयन हुनसकेको छैन । रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं । त्यसैले राजीव गुरूंगहरूले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने? किन पूर्वाग्रह राख्ने ?’

Author:



क्याटोगरी छान्‍नुहोस