बोदे बरसाईनः जनस्वास्थ्यमा असर पार्ने औषधी पनि खुलेआम विक्री हुँदै

उमेश कुमार साह
बोदे बरसाईन । सप्तरीको बोदे बरर्साइन नगरपालिकाका केही औषधी व्यवसायीले जनस्वास्थ्यमा असर पर्ने खालका औषधीहरु विक्री गर्ने गरेको पाइएको छ । नगरपालिका कार्यालय स्वास्थ्य शाखाले आज गरेको अनुगमनको क्रममा सो कुरा बाहिरिएको हो ।

वडा नम्बर–७ स्थित सञ्चालित निरज मेडिको हल र रंजित मेडिको हलले चिकित्सकको सिफारिस बिना नै औक्सी–टोक्सी, डोलोपार, कटोलिन, अटोसिन, डेका–डयूराबोलिन ५०, एपिडोसिनसहितका औषधी विक्री गर्ने गरेको देखिएको स्वास्थ्य शाखा संयोजक बैजनाथ साहले बताए ।

यसैगरी वडा नम्बर ४ पर्साहीमा रामकृपाल राउतले पनि पसलमा गर्भपतनमा प्रयोग हुने मिसोप्रिल कीट, डीडी (नाडरोलीन डिकोनेट इन्जेक्सन), डोलोपार, औषधी विक्री गर्दै आएको अनुगमनबाट देखिएको छ । राउतको पसल तत्कालै सिल गरिएको संयोजक साहले बताए ।

यसैगरी बजारमै सञ्चालित केही क्लिनिहरु विभागमा दर्ता नभएका, डिफर्माको लाइसेन्स नभएका देखिएकोले उनीहरुलाई एक हप्ताभित्र मापदण्डअनुसार संचालनमा ल्याउन निर्देशन दिएको जनाएको छ ।

अनुगमन टोलीमा सह–स्वास्थ्य संयोजक अजय नेपाल, मेडिकल अधिकृत अरविन्द्र यादव, स्वास्थ्य चौकी बोदे बरसाईनका प्रमुख एयुव राईन लगायतको सहभागी थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस