२४ घण्टामा ३ हजार ८२ जना कोरोना संक्रमणमुक्त

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा २ हजार ८२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २२ जनाको एन्टिजेन र पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख ३७ हजार ४३३ पुगेको छ । जसमध्ये पीसीआर विधिबाट ६ लाख १४ हजार २१६ र एन्टिजेन विधिबाट २३ हजार ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी सोही अवधिमा ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ५५८ पुगेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस