यादवले बोलाएको बैठकमा सहभागी नहुन ठाकुरको निर्देशन

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएको बैठकमा महन्थ ठाकुर पक्ष सहभागी नहुने भएको छ । अर्का अध्यक्ष ठाकुुरले यादव पक्षले बोलाएका सबै बैठक अवैधानिक हुने जिकिर गरेका हुन् ।

अध्यक्ष ठाकुरले हिजो एक विज्ञप्ति जारी गरी उपेन्द्र पक्षले आजका लागि बोलाएको भनिएको कार्यकारिणी समितिको बैठक अवैधानिक र अनाधिकृत रहेको बताए । उपेन्द्र यादवले बोलाएको बैठकबाट हुने कुनैपनि निर्णय पार्टीको आधिकारिक निर्णय हुन नसक्ने ठाकुरको जिकिर छ ।

ठाकुरले कार्यकारिणी समितिका सदस्यहरुलाई सो बैठकमा सहभागी नहुन निर्देशन समेत दिएका हुन् । यससम्बन्धी जानकारी ठाकुरले निर्वाचन आयोगमा समेत पठाएका छन् ।

जसपामा विवाद चर्कीएको बेला अध्यक्ष ठाकुरले ५१ सदस्यीय कार्यकारिणी समिति फेरफेर गरेपछि उपेन्द्र समुह थप झस्किएको छ । निर्वाचन आयोगले आफुहरुलाई आधिकारिकता दिनुपर्ने माग गरिररहेको उपेन्द्र समुह आयोग विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस