जनकपुरमा एक सय शैय्याको कोभिड विशेष अस्पताल सञ्चालन

जनकपुरधाम, ३ असार । प्रदेश २ सरकारले जनकपुरको मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालको प्रयोगविहीन भवनलाई मर्मत सम्भार गरी एक सय शैय्या (बेड)को कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतमा संञ्चालन हुने सो अस्पतालको आज मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

उ्दघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिडका विरामीहरुको उपचार बाहेकका अन्य विशेषज्ञमार्फत प्रदान हुने सेवाहरु पनि छिट्टै शुरु गर्ने तयारी रहेको बताए । प्रतिष्ठानका कुलपति समेत रहेका मुख्यमन्त्री राउतले शिक्षण अस्पताल संचालनका लागि सरकारबाट जग्गा लिजमा लिइसकेको मणिपाल अस्पतालले वर्षौैदेखि अस्पताल सञ्चालन गर्न नसकेपछि सो जग्गा फिर्ता गरी पुनः प्रतिष्ठान मातहतमै प्रक्रिया अघि बतढाइएको बताए ।

सोसँगै सोही भवनमा कोरोनाका विरामी बाहेकका विशेषज्ञमार्फत प्रदान हुने सेवाहरु पनि सुरु गर्ने तयारी रहेको उनले बताए । कार्यक्रममा समाजिक विकास मन्त्री साहले प्रदेश सरकारको गौरबको योजना रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य उपचारको क्षेत्रमा मुलुककै नमूना बन्ने विश्वास व्यक्त गरे ।

प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको अध्यक्षतामा आयोजित कार्यक्रममा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, सुरक्षा निकायका प्रमुखहरु, प्रतिष्ठानका पदाधिकारी तथा प्रादेशिक अस्पतालका प्रमुख एवं चिकित्सकसहितको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780