हात्तीसँग सेल्फी खिच्न खोज्दा युवकले ज्यान गुमाए

विराटनगर, ४ असार । मोरङको सुनवर्षी नगरपालिका–८ कुरेलीमा आज (शुक्रवार) जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ ।

हात्तीको नजिक गएर सेल्फी खिच्ने क्रममा सोही ठाउँका २१ बर्षीय मनोहर मियाँमाथि हात्तीले आक्रमण गरेको हो ।

विहान ७ बजेतिर भारतबाट नेपाल प्रवेश गरेको हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका मनोहरलाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर पुर्याइएकोमा सोही अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । हात्ती अहिले रतुवामाईतर्फ गएको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस