सप्तरीमा हत्या प्रकरणः चार जना आरोपी पुर्पक्षको लागि जेल चलान

राजविराज, ४ असार । सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरमा भएको हत्या घटनाका चार जना आरोपी पुर्पक्षको लागि कारागार चलान भएको छ ।

घटनास्थलबाटै पक्राउ परेका सोही ठाउँका ३० वर्षीय विनय यादव, ३० वर्षीय मनोज कुमार यादव र २४ वर्षीय मुकेश कुमार यादव तथा खडक नगरपालिका–५ का ३१ वर्षीय महेश कुमार पासवान कारागार चलान भएका हुन् ।

सप्तरी जिल्ला अदालतबाट हिजो (विहिवार) भएको आदेशले चारै जनालाई पुर्पक्षकको लागि कारागार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताए । गत जेठ ६ गते पक्राउ परेका चारै जनासहितकाले सोही ठाउँका ५० वर्षीय रामदल यादवमाथि घरेलु धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका थिए ।

घटना भएसँगै खटिएको प्रहरीले उनीहरुलाई घटनास्थलबाटै पक्राउ गरि अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस