माओवादी केन्द्र सप्तरीका दुई दर्जन युवाहरुले गरे रक्तदान

राजविराज । नेपाल कम्युनिष्ट पार्टी (माओेबादी केन्द्र)सप्तरीले राजविराजमा आज गजेन्द्रनारायण सिंह अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । जिल्ला अध्यक्ष उमेश यादवको अध्यक्षता आयोजना गरिएको रक्तदान कार्यक्रममा दुई दर्जनभन्दा बढी व्यक्तिले रत्तदान गरेका छन् ।

कोभिड–१९ को महामारीका बेला रगतको अभाव भई विरामीहरुलाई समस्या भइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (माओेबादी केन्द्र) सप्तरीले रक्तदान गरेर सही समयमा सही काम गरेको रक्तसञ्चार केन्द्रका इन्चार्ज नबिन झाले बताए ।

रक्तदान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओेबादी केन्द्र) सप्तरीका जिल्ला अध्यक्ष उमेश यादव,युबा नेता बलराम यादव, बिनोद यादव, भानालाल यादव, मोहन यादव,जय नारायण मण्डललगायतले रक्तदान गरेको माओवादी केन्द्र सप्तरीले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780