स्वास्थ्य मन्त्रालयले भन्यो – बाढीपहिरोका कारण पानीजन्य रोग बढ्न सक्छन्, सचेत रहनू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न ठाउँमा भइरहेको बाढीपहिरोका घटनाका कारण पानीजन्य रोग बढ्न सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै बाढीपहिरोको जोखि मसँगसँगै कोभिड- १९ संक्रमण, पानीजन्य रोग, लामखुट्टेले हुने रोग, सरसफाइसम्बन्धी जनस्वास्थ्यका समस्या बढ्न सक्ने भन्दै सचेत रहन आग्रह गरेको हो ।

‘बाढीपहिरोको जोखिम मसँगसँगै कोभिड-१९ संक्रमण, पानीजन्य रोगहरू, लामखुट्टेले हुने रोगहरू, सरसफाइसम्बन्धी जनस्वास्थ्यका समस्या झनै बढ्नसक्ने तर्फ सबै सजग हुन जरुरी देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उद्धार राहत आदि कार्यहरूमा जुट्दा कोभिड-१९ विरुद्ध जनस्वास्थ्यका मापदण्डहरू ख्याल गरी पालना गर्न/गराउन, सफा पिउने पानीको प्रबन्ध गर्न, उपयुक्त गास र बासको प्रबन्धसँगै सरसफाइ तथा लामखुट्टेको टोकाइबाट बच्ने उपायहरूमा ध्यान दिन सबैमा अनुरोध छ  ।’

Author:



क्याटोगरी छान्‍नुहोस