प्रहरी र सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री सहयोग

बोदे बरसाईन । सप्तरीको बोदे बरसाईन नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय, सशस्त्र वेस क्याम्प बोदे बरसाईन र सञ्चारकर्मीलाई एक संस्थाले स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बोदे बरसाईनले प्रहरी र सञ्चारकर्मीलाई कोभिड–१९ बाट जोगिनको लागि सेनिटाइजर र मास्क उपलब्ध गराएको हो ।

ईलाका प्रहरी कार्यालय बोदे बरसाईन र सशस्त्र वेस क्याम्प बोदे बरसाईनका प्रमुख तथा स्थानीय सञ्चारकर्मी उमेश कुमार साहलाई संस्थाका बोदे बरसाईन शाखा प्रमुख दिपेन्द्र कुमार यादवले स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।

सो कार्यक्रममा संस्थाका कर्मचारीहरु महेन्द्र कुमार यादव, दिलिप कुमार साह, मिन्टु कुमार मिश्रा लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस