बाढी पहिरोले ५ दिनमा १६ जनाको मृत्यु

जनकपुरधाम । भारी वर्षापछिको बाढी, पहिरो र डुबानमा परेर १६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार पछिल्लो ५ दिनमा बाढी, पहिरो र डुबानमा परेर १६ जनाको मृत्यु भएको छ भने २२ जना सम्पर्कविहीन र १६ जना घाइते छन् ।

डोटी र सिन्धुपाल्चोकमा ३/३ जना तथा सप्तरी, काभ्रे, गोरखा, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, प्युठान जुम्ला र बाजुरामा १/१ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । प्रकोपमा परेर अहिलेसम्म १६ जना घाइते छन् ।

बेपत्ता भएकामध्ये २० जना सिन्धुपाल्चोककै हुन् । यसैगरी बाजुरा र रूपन्देहीका १/१ जना बेपत्ता छन् । वेपत्ताहरुको खोजी कार्य जारी रहेको जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस