भ्रामक समाचार हेरेपछि आश्चर्यचकित भएः मुख्य न्यायाधिवक्ता झा

जनकपुरधाम, ५ असार । प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले केही सञ्चारमाध्यममा आफ्नो राजिनामाको विषयमा आएको समाचारप्र्रति गम्भीर आपत्ति जनाएका छन् । आफुले राजिनामा दिने मुडमा वा तयारीमा रहेको भनी आएको समाचार भ्रामक रहेको भन्दै उनले आपत्ति जनाएका हुन् ।

केही सञ्चारमाध्यममा आएको समाचारको विषयमा उनले शनिवार विहान सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

मुख्य न्यायाधिवक्ता झाले सामाजिक सञ्जालमा लेखेका छन् ‘म राजिनामा दिने मुडमा वा तयारी आदि भ्रामक समाचार मैले कतिपय ठाउँमा हेरे, यस समबन्धमा मलाई कहीँ कतै कुनै जानकारी नभएको र कसैले सोधेको वा कुरा गरेको छैन, यसकारण यस्ता समाचार कसले कुन प्रयोजनकोलागि लेखे भन्ने कुरा आफूलाई जानकारी नभएकोले खण्डन गर्दछु ।’ आफु काम विशेषले राजधानी काठमाण्डौमा रहेको जानकारी दिँदै उनले विहानै आफुले यस्तो भ्रामक समाचार हेरेपछि आश्चर्यचकित भएको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780