सर्वोच्चको आदेश संविधान र लोकतन्त्र रक्षाको पक्षमाः उपेन्द्र यादव

काठमाडौं, ८ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतको अन्तरिम आदेशको स्वागत गरेका छन् ।

मधेशलाइभसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष यादवले सर्वोच्चको आदेश संविधान र लोकतन्त्र रक्षाको पक्षमा रहेको बताए । ‘सर्वोच्च अदालतको अन्तरिम अहिले देशको संविधान र लोकतन्त्र रक्षाको पक्षामा आयो र स्वागतयोग्य छ’, उनले भने ।

उनले केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारले बारम्बार संविधान उल्लंघन गर्दै आएको पनि बताए । ‘आजसम्म जति पनि प्रधानमन्त्री भए, सबैभन्दा बढी संविधान उल्लंघन गर्ने प्रधानमन्त्री केपी शार्मा ओली नै हुन्’ उनले भने–‘उनी बारम्बार संविधान उल्लंघन गर्दै आएका थिए, संसद नरहेको बेला उहाँ अहिले कामचलाउ प्रधानमन्त्री हुन् र कामचलाउ प्रधानमन्त्रीले सरकार विस्तार, राजनितिक नियुक्तीसहितका भाइटल निर्णयहरु लिने अधिकार छैन् ।’

Author:



क्याटोगरी छान्‍नुहोस