नेपालमा ९० प्रतिशत कोरोना संक्रमित निको भए

जनकपुरधाम । नेपालमा मंगलबार ४ हजार ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ९१६ नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको हो ।

आज १२ हजार २०४ जनाको पीसीआर विधिबाट र ४ हजार ७०९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । आज काठमाडौंमा ३१०, भक्तपुरमा ६७ र ललितपुरमा ९९ जनामा कोरोना संक्रमण देखिएको छ

नेपालमा कुल संक्रमितको संख्या ६ लाख २६ हजार ३४३ पुगेको छ । यीमध्ये ५२ हजार ६४८ जना सक्रिय संक्रमित रहेका छन् ।

आज ४ हजार ९५४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ५ लाख ६४ हजार ८८२ पुगेको छ । निको हुने दर ९०.२ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा आज ४१ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । योसँगै संक्रमणबाट ज्या गुमाउनेको संख्या ८ हजार ८१३ पुगेको छ ।

नेपालमा अहिलेसम्म २५ लाख १९६ जनाले पहिलो मात्राको खोप लगाएका छन् । दुवै मात्रा खोप ७ लाख ३१ हजार ६५३ जनाले लगाएको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780