मोरङमा चट्याङ लागेर एकको मृत्यु, ४ जना घाईते

विराटनगर । मोरङको रंगेली ननगरपालिका–६ मलङ्गथानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । पिठारीको रुख मुनि बसिरहेका उनीहरुमाथि चट्याङ परेको हो ।

चट्याङ लागेर सोही ठाउँका २० वर्षीय नितेश रायको मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका राजको उपचारको लागि रंगेली अस्पताल पुर्याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी चट्याङ लागेर सोही ठाउँका ४५ बर्षीय अशोक मण्डल, १७ बर्षीय बिजय मण्डल, २२ बर्षीया संगिता राय र २७ बर्षीय रबिन मण्डल घाईते भएका छन् । उनीहरुको रंगेली अस्पतालमा उपचार भईरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस