सुनको भाउ घट्यो, चाँदी बढ्यो

जनकपुरधाम । बिहीबार सुनको भाउ तोलामा ७ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८०० मा बिक्री भइरहेको जनाएको छ।

यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम गरिएको छ। बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो।

बिहीबार चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार २७० मा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा खरिद बिक्री भएको थियो।

Author:



क्याटोगरी छान्‍नुहोस