सप्तरीमा सहिद दिलप स्मृति स्तम्भ अनावरण

राजविराज, ५ कात्तिक । सप्तरीको सप्तकोशी नगरपालिकामा आज सहिद दिलिप स्मृति स्तम्भको अनावरण गरिएको छ । सहिद दिलिप प्रतिष्ठानले वडा नम्वर ५ मा आयोजना गरेको एक समारोहकाबीच स्तम्भ अनावरण गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष राज कुमार लेखी, सांसद शान्ता चौधरी, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, पुर्व बाताबरण मन्त्री हेमराज तातेड लगायतका अतिथिहरुले संयुक्त रुपमा अनावरण गरेका छ्न । कार्यक्रममा बोल्दै साँसद चौधरीले देशका लागि थारु समुदायले गरेको बलिदानी र योगदान अनुसारको राज्यले अबसर नदिएको भन्दै आक्रोश व्यक्त गरिन ।

सहिद दिलिप प्रतिष्ठानका अध्यक्ष राज कुमार लेखीको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम कुमार गौतम, रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी,अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, लहान नगरपालिकाका उपप्रमुख सरिया चौधरी, नेकपा एमालेका राष्ट्रिय परिसद सदस्य राजेन्द्र प्रसाद चौधरी, सप्तकोशी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष दिपक कुमार लेखी, पत्रकार बृजमान तामाङ, नवीन कुमार गुप्ता, मदन कुमार चौधरी लगायतका मन्तव्य व्यक्त गरे ।

सप्तरीको तत्कालीन फत्तेपुर गाबिस वडा नम्बर १ पत्तेपुरमा जन्मिएका सहिद चौधरी २०४२ सालको बम काण्डको आरोपमा काठमाडौ स्थित ल क्याम्पसबाट पक्राउ परेका थिए । पक्राउ परे लगत्तै उनलाई हत्या गरेका थिए । सहिद दिलिप प्रतिष्ठानले सहिद दिलिपको स्मृतिमा निरन्तर रुपले विभिन्न कार्याहरु गर्दै आएका छ्न् ।

सोही कार्यक्रममा पत्रकारहरु बृजमान तामाङ, नवीन कुमार गुप्ता र मदन कुमार चौधरीलाई ११ हजार रुपैयाँ नगदसहित सम्मानित पनि गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस