लोसपा प्रदेश २ को प्रमुख सचेतकमा साह चयन

जनकपुरधाम, ५ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ को संसदीय दलको प्रमुख सचेतकमा परमेश्वर साह चयन भएका छन् ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजनपछि बनेको लोसपा संसदीय दलको बैठकले साहलाई प्रमुख सचेतकमा सर्वसम्मती रुपमा चयन गरेको हो ।

धनुषा क्षेत्र नम्बर ३(ख)बाट निर्वाचित सांसद साह तत्कालिन राजपा पनि प्रमुख सचेतक थिए । यसैगरी उप नेतामा रानी शर्मा तिवारी, सचेतकमा जानकी शरण साह र कोषाध्यक्षमा बबिता चौधरीलाई मनोयन गरेको लोसपाका एक नेताले जानकारी दिए ।

प्रदेश २ प्रदेशसभामा लोसपाका १६ सांसद छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस