डा.सिके राउतविरुद्ध इन्जिनियरहरूद्वारा प्रदर्शन, कार्यकर्तामाथि चलाइयो मुद्दा

जनकपुरधाम, ५ कार्तिक । ‘इन्जिनियर राजेश कुशवाहालाई न्याय देऊ’ भन्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतविरुद्ध शुक्रवार इन्जिनियरहरूले जनकपुरमा प्रदर्शन भएको छ । ‘सिके चोर, देश छोड’ नारासहित नेपाल ईन्जिनियर एशोसिएशन, नेपाल राष्ट्रिय ईन्जिनियर संगठन, निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन, नेशनल ईन्जिनियर्स एशोसिएशन नेपाल, नेपाल तराई ईन्जिनियर्स समाज, मधेशी डेमोक्रेटिभ सोसाइटीले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।

राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताले हिजो (विहिवार) खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई कालोमोसो दली अर्धनग्न अवस्थामा शहर परिक्रमा गराएका थिए । त्यसको विरुद्धमा ती संगठनहरुले आज प्रदर्शन गरेका हुन् ।

उता, सिके राउतका नेता तथा कार्यकर्ताले धनुषाको सिडियो कार्यालयमा प्रदर्शन गरेका छन् । हिजोको घटनामा मुछिएका १७ जनालाई प्रहरीले प्रकाउ गरेको थियो । त्यसको रिहाइको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाले हिजो पक्राउ गरेकामाथि मुद्दा चलाएको छ । ‘अपराधी प्रवेश तथा अपराधी उपद्रव’ शीर्षकमा उनीहरुमाथि मुद्दा चलाइएको धनुषाका प्रहरी नायव उपरिक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस