२४ घण्टामा थपिए ७०८ कोरोना संक्रमित, ११ जनाको मृत्यु

जनकपुरधाम, ५ कात्तिक । देशभर पछिल्लो २४ घण्टामा ७०८ जना कोरोना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २५३ पीसीआर परीक्षण गर्दा ५७४ जना र २ हजार १२३ एन्टिजेन परीक्षण गर्दा १३४ गरी ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी, सोही अवधिमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै नेपाल कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९३२ जना कोरोनामुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९४६ जना रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस