प्रमुख प्रशासकीय अधिकृत ललनको लिखित जवाफ–कर्मचारीले नटेरेपछि सूचना दिन सकिनँ

राजविराज – अनियमितताको आरोप लागेको सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललनकुमार यादवले कर्मचारीले नटेरेपछि सूचना उपलब्ध गराउन नसकिएको लिखित जवाफ पठाएका छन् ।

पत्रकार विद्यानन्द रामले माग गरेको सूचना तोकिएको अवधिमा नदिएपछि राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेका थिए । गत माघ २३ गते पुनरावेदनमाथि प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीको संयुक्त इजलासले ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएका थिए ।

गत फागुन १५ गते प्रमुख प्रशासकीय अधिकृत यादवले लिखित जवाफ पेश गर्दै भने–‘आव ०७८–०७९ मा खरिद गरिएको औषधिको परिणाम, सडक मर्मत, माटो ग्राभेल तथा सडक ढलानमा के कति खर्च भएको छ । उक्त आर्थिक वर्षको लेखापाल बाल गोविन्द साह, स्टोर कीपर महेशकुमार शर्मा, सहायक स्टोर कीपर जितेन्द्रकुमार झा र योजना सामाजिक विकास शाखा प्रमुख भगवान दास समेत कर्मचारीहरुले बरवुझारथ नगरेको हुँदा यकिन हुन नसकेको ।’

सो जवाफपछि पुनः गत सोमवार (चैत्र २०) प्रमुख सूचना आयुक्त गुरुङ, आयुक्तद्वय ओली थापा र मैनालीको संयुक्त इजलासले दफा १० (३) (क) बमोजिम ७ दिनभित्र सूचना उपलब्ध गराउन आदेश जारी भएको छ ।

पत्रकार रामले गाउँपालिकाबाट आर्थिक वर्ष २०७८ जेठदेखि हालसम्म इन्धन र सवारी मर्मतमा खर्च भएको रकमसहितको विवरण, आर्थिक वर्ष ०७८/०७९ मा खरिद गरिएको औषधिको परिमाण, प्रक्रिया र रकमसहितको विवरण, सोही आर्थिक वर्षमा गाउँपालिकाबाट भएको सडक मर्मत, माटोग्राभेल र सडक ढलानमा खर्च भएको योजनाअनुसारको विवरण र प्रगति माग गरेका थिए ।

त्यस्तै, आर्थिक वर्ष ०७९/०८० मा छुट्याइएका योजनाहरुको विवरण तथा यसअघिका जनप्रतिनिधिको बेला भुक्तानी बाँकी रही पछि भुक्तानी दिइएका योजना र आर्थिक तथा भौतिक प्रगतिसहितको विवरण माग पनि रामले माग गरेका थिए ।

गत मंसिर २७ गते गाउँपालिकाका सूचना अधिकारी अरुणकुमार यादवसँग माग गरिएको सो सूचना उपलब्ध नगराइएपछि तोकिएको समयभित्र सूचना नदिने सूचना अधिकारीलाई कारबाहीको माग गर्दै रामले गत पुस २८ गते प्रमुख प्रशासकीय अधिकृत यादवसँग सूचना मागेका थिए । तर, प्रमुख प्रशासकीय अधिकृत यादवले पनि तोकिएको समयभित्र सूचना उपलब्ध गराएन ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780