उपेन्द्रको जित सुनिश्चित भइसकेको छ : प्रधानमन्त्री दाहाल

बारा – प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बारा–२ बाट उपेन्द्र यादवलाई साँझ उम्मेदवार बनाउन पाउँदा गर्व महसुस भइरहेको बताएका छन् ।

बारामा बिहिवार आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘सभामा यो विशाल उपस्थितीले उपेन्द्र यादवको जित सुनिश्चित गरिसकेको छ, म अग्रीम बधाई भन्न चाहन्छु, तपाई सबैलाई धन्यवाद’ उनले भने, ‘साँचै उपेन्द्र यादव यो देशको मधेशको आन्दोलनको एउटा नेता हुनुको नाताले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि निम्ति, यहाँको विकास निम्ति, जनताको थप अधिकारका लागि आन्दोलन अगाडी बढाउनका निम्ति उपेन्द्र यादव संसदमा अनिवार्य प्रतिनिधित्व रहनुपर्ने व्यक्ति हो ।’

प्रधानमन्त्री दाहालले बारा–२ का जनसमुदाय भाग्यमानी रहेकोले बताए । ‘उपेन्द्र यादव मात्रै जित्दै होइन, पाँच दलीय गठबन्धन जित्दैछ, पाँच दलीय गठबन्धनले मात्रै होइन, यो देशको संघीय लोकतान्त्रिक गणतन्त्र जित्दैछ, देशको राष्ट्रिय एकता र मधेशको एकताले जित्दैछ’ उनले भने, ‘त्यस कारण यहाँ एउटा उम्मेदवार मात्रै जित्ने कुरा होइन, एउटा जटिल परिस्थिती देशमा आएको थियो, प्राप्ति उपलब्धी विरुद्ध षड्यन्त्र र विभेदकारीहरुसँगको लडाईले जन्मिएको हो पाँच दलीय गठबन्धन ।’

अहिले पनि धेरै खालका षड्यन्त्रहरु भइरहेको उनले बताए । ‘त्यसलाई असफल पार्नका लागि पाँच दलीय गठबन्धन अझ बलियो पार्नु जरुरी छ र मैले नै उपेन्द्र यादवलाई चुनाव लड्न जानू र जितेर आउनु भनेकै हो’ उनले भने, ‘यहाँ यो विशाल उपस्थिती हेरेर म निकै नै उत्साहित भएको छु ।’

उनले साँझा उम्मेदवारको विजयी देश, मधेश, संविधान र अग्रगमणको विजयी हुने भएकोले यसको महत्व अत्यधिक रहेको बताए ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अगाडी बढाइने प्रतिवद्धता

प्रधानमन्त्री दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यासको लेवलमा पुर्याइने प्रतिवद्धता जनाएका छन् ।

‘छिट्टै शिलान्यासको लेवलमा पुर्याइने छ र निर्माण प्रक्रिया अगाडी बढाइने विश्वास दिलाउन चाहन्छु’ उनले भने, ‘यो गढीमाइलाई अन्तर्राष्ट्रिय स्तरका धार्मिक पर्यटकीय स्थलका रुपमा विकसित गर्न एउटा विकास कोष खडा गर्नेतर्फ हामी अगाडी बढ्नेछौं ।’

उनले मधेश र देशभरिकै समस्याका रुपमा रहेको नागरिकताका विषयमा पनि गम्भीरताका साथ अघि बढाइने बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस