उपेन्द्र यादव मधेशका लागि समर्पित नेता हुन् : देउवा

बारा – नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उपेन्द्र यादव मधेशका लागि समप्रित नेता रहेको बताएका छन् ।

बिहिवार बारामा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘उहाँ (उपेन्द्र) अत्यन्तै योग्य नेता हुनुहुन्छ, मेरो नेतृत्वको सरकारमा हामीसँगै काम गरेका हौं, उपेन्द्र जी मधेशकालागि क्याबिनेट पनि धेरै पटक मसँग झगडा गर्नुभयो’ उनले भने, ‘मधेशका लागि उहाँ सच्चा नीतिबद्ध, योग्य र समप्रित नेता हुनुहुन्छ, त्यसैले उहाँ आवश्यक छ ।’

उनले उपेन्द्र नै यहाँका साथै मधेशका जनताका लागि सेवा गर्ने नेता रहेको बताए । ‘गठबन्धनकै कुरा गर्दा उहाँ ठुलो संगठन छ, त्यसका कारण उहाँ नजित्ने कुरै छैन्’ उनले भने, ‘यो ऐतिहासिक गढीमाइको विकासका लागि हामी अघि बढौ ।’

Author:



क्याटोगरी छान्‍नुहोस