गर्मीमे छाता चाहिँ, ५ दलीय गठबन्धने समस्या समाधान करी : माधवकुमार

बारा – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन बलियो भएको खण्डमा अबको पाँच वर्षसम्म सरकारमा सहेर जनताको समस्यातर्फ अग्रसर भएर काम गर्ने बताएका छन् ।

बिहिवार बारामा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यहाँ धेरै समस्या छन्, ती समस्या समाधान ५ दलीय गठबन्धनले नै गर्नेछन्’ उनले भने, ‘अहिलेको गर्मीमा पनि छाताकै आवश्यकता छ, यसैमा विचार गरौं ।’

उनले गठबन्धनकै उम्मेदवारको जित सुनिश्चत रहेको दावी समेत गरे । ‘हाम्रो उम्मेदवार जित्छ भने होइन्, तपाईहरुको माया हेर्दा जितिसक्यो भन्ने हो’ उनले भने, ‘त्यसका लागि तपाईहरुलाई विशेष धन्यवाद छ र हाम्रो सरकारले त्यसको प्रत्याभूति पनि छिट्टै गराउँछ पनि ।’

उनले आफुहरुका साँझ उम्मेदवार उपेन्द्र यादव मधेश र देशका लागि सु–योग्य नेता रहेको बताए । ‘उपेन्द्र जीमा त्यो शक्ति छ की आफुले चाहेकालाई उपराष्ट्रपति बनाइदिनुभयो, उपेन्द्र जी मधेश र देशकै जनताका लागि सुयोग्य नेता हुन् ।’

उनले जातपातभन्दा पनि उपेन्द्रको विचार र मधेश तथा देशका लागि गरेका उल्लेखनीय कार्यलाई मुल्यांकन गर्ने समय रहेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस