हज यात्राको लागि को–को भए छनोट ?

राजविराज – मुस्लिम समुदायको पवित्र तीर्थस्थल साउदी अरेबियाको मक्का मदिनामा हज गर्न हजयात्रीको छनोट सूची सार्वजनिक गरिएको छ ।

गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको सचिवालयले बुधवार १ हजार १४३ जना हजयात्रीको सूची सार्वजनिक गरेको हो । सूची सार्वजनिकसँगै आवेदकहरुलाई दोस्रो किस्ताको रकम बुझाउन १५ दिनको समय दिइएको छ ।

छनोट भएका आवेदकहरुले नेपाल हज उपसमितिको निर्णयअनुसार साउदी अरब सरकारले तोकेको मोअल्लिम शुल्क, भिषा शुल्क लगायत अन्य सरकारी खर्च र साउदी अरबको मक्का मदिनामा लाग्ने आवास तथा खाना खर्च र अनुमानित हवाइ भाडा समेत ४ लाख ६५ हजार रुपैयाँ लाग्नेछ ।

जसमध्ये दोस्रो किस्ता वापत प्रति व्यक्तिलाई २ लाख ४० हजार रुपैयाँ १५ दिनभित्र बुझाउन जानकारी गराइएको हो ।

हेर्नुहोस् छनोट भएकाहरुको सूची :

Selected_applicant_2023
Author:



क्याटोगरी छान्‍नुहोस