उपनिर्वाचन : आज राति १२ बजेबाट मौन अवधि लागु हुँदै

जनकपुरधाम – उपनिर्वाचनको आज रातिबाट मौन अवधि सुरु हुँदैछ । यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि सुरु हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचन प्रयोजनका लागि आज राति १२ बजेबाट कुनै पनि खाले प्रचारप्रसार गर्न पाइने छैन र प्रचार प्रसार गरेको पाइएमा कारबाही हुनेछ ।

चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन । चुनावी प्रयोजनका लागि भोलिबाट कुनै पनि प्रचारप्रसार गर्न नपाइने भएपछि राजनीतिक दलहरूले आज अन्तिम चुनावी सभा आयोजना गर्दैछन् । वैशाख १० गते आइतबार बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ।

Author:



क्याटोगरी छान्‍नुहोस