मध्यराति भोटका लागि पैसा बाँड्दै जनमत पार्टीका कार्यकर्ता !

बारा – बाराको पचरौता नगरपालिका–६ पकडियामा मध्ये राति भोट माग्दै पैसा बाँडिरहेका जनमत पार्टीका ४ जना कार्यकर्तालाई स्थानीयहरुले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।

मंगलबार राति करिब ११ बजे उनीहरुले पैसा बाँडिरहदा चारै जनालाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको हो । स्थानीयका अनुसार जनमत पार्टीका रुपेश यादव, सुकु मण्डल, दिनेशकुमार यादव र एक जना अन्य थिए ।

वडाध्यक्ष मकबुल अंसारीले चारै जना सिरहा र सप्तरीबाट आएका जनमत पार्टीका कार्यकर्ता रहेको बताए । ‘उनीहरु मध्यराति भोट माग्दै हिँडिरहदा स्थानीयहरुले रोकेका थिए’ उनले भने, ‘ती चारै जनाको आइडी कार्ड हेर्दा सिरहा र सप्तरी जिल्लाको पाइएपछि प्रहरी बोलाएर जिम्मा लगाएको कुरा जानकारीमा आयो ।’

यद्यपी, नियन्त्रणमा लिइएको बेला उनीहरुसँग पैसा बरामद नभएको वडाध्यक्ष अंसारीले बताए ।

मधेश प्रदेशका डिआइजी जनक भट्टराईले त्यस्तो कुरा हालसम्म जानकारीमा नआएको बताए । ‘यद्यपी, के–कसो भएको हो? म ईलाकासँग बुझ्दैछु ।’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस