भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणको बयान आजदेखि

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आजदेखि बयान लिन सुरु गर्ने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आजदेखि कांग्रेस नेतासमेत रहेका खाँणको बयान लिन लागेको हो ।

खाँण बुधबार बिहान चाबहिलस्थित उनकै निवासबाट पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौँले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

पछिल्लो बयानमा हिरासतमा रहेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले नै खाँणको संलग्नता रहेको बयान दिएपछि प्रहरीले खाँणलाई बुधबार उनको निवासबाटै पक्राउ गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780