सर्लाहीमा एक भारतीय युवकको बीभत्स हत्या

सर्लाही – सर्लाहीको हरिपूर्वा नगरपालिका–१ पथरा पुलस्थित मसला (भिस) घारीमा बुधवार साँझ एक भारतीय युवकको बीभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ ।

भारतको सीतामढी सोनवर्षा ९ का २८ वर्षीय शेखर सुमन उर्फको टाउको छिनाएर हत्या भएको अवस्थामा शव फेला परेको हो ।

शरीर र टाउको बेग्लाबेग्लै पारिएको अवस्थामा शव फेला परेपछि बिहिवार विहानैबाट घटनास्थलको थप अनुसन्धान सुरु गरिएको सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायव उपरीक्षक कैलाश राईले बताए ।

मृतकको शव घटनास्थलको प्रकृति मुचुल्का गरी सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पताल लैजाने जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस