राजविराज – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँमा वडा स्तरीय विपद् ब्यवस्थापन समिति गठन भएको छ । गाउँपालिकाद्वारा सोमबार आयोजित विपद् जोखिम न्युनीकरण सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रममा वडाध्यक्ष कमलकुमार मण्डलको अध्यक्षतामा २३ सदस्यीय समिति गठन भएको हो ।
युनिसेफको सहयोगमा गाउँपालिकाको वन, वातावरण तथाविपद् ब्यवस्थापन शाखाद्वारा वडा स्तरीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो ।
वडाध्यक्ष मण्डलकै अध्यक्षतामा आयोजित सो कार्यक्रममा रामनारायण मण्डलले मन्तब्य ब्यक्त गरे । सो कार्यक्रममा कार्यक्रम अधिकृत राजेश कुमार झाले सहजीकरण गरे ।