जसपाको विधान अधिवेशन प्रचार प्रसार उप–समिति गठन

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशनलाई सफल बनाउन केन्द्रीय प्रचार प्रसार उप–समिति गठन भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा सोमबार बसेको पार्टी बैठकले राजनीतिक समिति सदस्य अर्जुन थापाको संयोजकत्वमा १६ सदस्यीय केन्द्रीय प्रचार प्रसार उपसमिति गठन भएको हो ।

जसपाको राजनीतिक समिति सदस्य न्हुच्छेलाल महर्जनलाई समितिको उप–संयोजकको जिम्मेवारी तोकिएको छ । उक्त समितिको समस्यमा महेश चौरसिया, सीताराम साह, योगेन्द्र राय यादव, पवन राय, विनोद विश्वकर्मा, सुरेश मण्डल, पासाङ शेर्पा, धनेश्वर साह, अर्जुन लम्साल, दुर्गामणि सुवेदी, ओमकृष्ण श्रेष्ठ, मनिकर कार्की, विश्वासदीप तिगेला, उपेन्द्र साहलाई चयन गरिएको छ ।

पार्टीका प्रवक्ता मनिष सुमन र प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतलाई उप–समितिको आमन्त्रित सदस्यमा राखिएको छ । आगामी असार १०, ११ र १२ गतेका लागि राजधानीको प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न हुने गरी पार्टीले प्रथम विधान अधिवेशन आह्वान गरेको छ ।

यसअघिको केन्द्रीय समिति बैठकले उक्त विधान अधिवेशनमा पार्टी सम्बद्ध देशैभरिबाट सहभागी हुने ७७८ जनाप्रतिनिधिको चयन गरिसकेको छ । पार्टीले अभ्यासमा ल्याएका विभिन्न सांगठनिक संरचनाबारे विधान अधिवेशनले टुंगो लगाउनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस