जनकपुरधाम – संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । विपक्षी राजनीतिक दलले गरेको अवरुद्ध पारेपछि आइतबार स्थगित गरिएको बैठक बिहान ११ बजे संसद् भनव नयाँ बानेश्वरमा बस्न लागेको हो ।
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएको पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै,बजेटमाथिको छलफल सुरु गर्ने कार्यसूचि पनि रहेको संसद सचिवालयले जनाएको छ ।
बजेटमाथिको छलफल आइतबारदेखि सुरु गर्ने कार्यसूचि रहे पनि एमालेसहितका विपक्षी दलहरुको अवरोधका कारण वैठक स्थगित भएको थियो ।
एमाले, राप्रपा र रास्वपाले भने नागरिकता प्रमाणीकरण, रेशम चौधरीको आममाफी र भारत भ्रमणबारे प्रधानमन्त्रीले स्पष्ट नपारेसम्म बैठक अघि बढ्न नदिने अडान लिएका छन् ।