मैथिली साहित्य परिषद्को अध्यक्षमा अवधेश झा निर्वाचित

राजविराज–मैथिली साहित्य परिषद् राजविराजको अध्यक्षमा सञ्चारकर्मी अवधेश झा निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न भएको अन्तिम मतपरिणाम अनुसार झाले ५२ मतान्तरकासाथ निर्वाचित भएका हुन ।

उनले २५८ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी अजयकुमार झाले २०६ मत प्राप्त गरे । त्यस्तै, उपाध्यक्षमा राजकुमार लाल दास २४६, सचिवमा संजीवनारायण यादव २६७, सह–सचिवमा ललिता झा २८३ र कोषाध्यक्षमा शोभिता दास २५१ मत ल्याएर निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा राजिव कुमार झा ३१९, पंकज झा ३१६, रमिला साह ३१२, गजेन्द्र कुुमार मण्डल ३१०, रवी कुमार राय २९६ र अजित कुमार ठाकुर २९४ मत ल्याएर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस