ललिता निवास जग्गा प्रकरणमा पाँच पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ– बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा पाँचजना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेश अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी गरिएको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने गरी भएका निर्णयमा उनीहरूको संलग्नता देखिएकाले पक्राउ पुर्जी जारी गराएर प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

सो प्रकरणमा तत्कालीन १७ जना पूर्वसहसचिवविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएका तत्कालीन सहसचिव मध्ये सुधीर शाह हिरासतमा छन् भने कलाधर देउजा सर्वोच्चको आदेशबाट छुटेका छन् ।

पूर्व सचिव र सहसचिवहरुलाई प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, भौतिक पूर्वाधार, भूमिसुधार मन्त्रालयलगायतका मन्त्रालयमा रहँदा सरकारी जग्गा ब्यक्तिको नाममा लैजान सहयोग गरेको आरोपमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले थप व्यक्तिहरूविरुद्ध पक्राउ पुर्जी गराउने तयारी गरेको बुझिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780