नागरिकता प्रकरणमा उपमेयर मीरालाई पुनः ५ दिन थुनामा राख्न म्याद थप

राजविराज, २४ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई पुनः ५ दिन थुनामा राख्न म्याद थपगरिएको छ ।

नागरिकता सम्बन्धि कसूरमा आइतबार सप्तरी जिल्ला अदालतले उनलाई पुनः ५ दिन थुनामा राख्न अनुमति दिएको हो । यसअघि गतविहिवार ३ दिन थुनामा राख्न म्याद थप भएको थियो ।

गत मंगलबार पक्राउ पुर्जी जारी भएपछि बुधवार उनी प्रहरीसमक्ष उपस्थित भएकी थिइन् । सोही मुद्दाका अर्का आरोपी उनका पतिमहेन्द्रकुमार यादव भने अझैं फरार छन् ।

सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले उपमेयर मीरालाई पुनः ५ दिनको म्याद थप भएको बताए । ‘सो कसूरमा थपअनुसन्धान हुँदैछ’ उनले भने, ‘फरार रहनुभएका उहाँका श्रीमानको खोजी कार्य भइरहेको छ।’

Author:



क्याटोगरी छान्‍नुहोस