जनप्रतिनिधिबाटै अभियान्ता कुटपिटमा परेको घटनाको भर्त्सना

राजविराज – नागरिक समाज नेपालले अभियान्ता राजु जयसवाललाई सांघातिक हमला तथा कुटपिट घटनाको भर्त्सना गरेको छ ।

समाजका अध्यक्ष कुमार कमलेन्द्रम्ले मंगलबार विज्ञप्ति जारी गर्दै सांघातिक हमला तथा कुटपिट गर्ने रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमारसहित वडाध्यक्षले पदको दुरुपयोग गरेको उल्लेख गरेका छन् ।

‘भ्रष्टाचार विरुद्ध अभियान चलाउने सचेत युवा अभियान्ता राजु जयसवालमाथि रुपनी गाउँपालिकामा भएको सांघातिक हमला तथा निर्घात कुटपिट गर्ने त्यो पनि आफुलाई जनप्रतिनिधि भनाउँदा रुपनी गाउँपालिका अध्यक्ष तथा वडा अध्यक्ष जस्तो गरिमामय पदमा बसेर पदको दुरुपयोग गरेका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो घृणित कार्यको नागरिक समाज नेपालद्वारा घोर निन्दा भर्त्सना गर्दछौं र दोषीमाथि कडाभन्दा कडा कारबाहीको जोडदार माग गर्दछौं ।’

यसरी कुटपिटमा परेका थिए अभियान्ता राजु

गत शनिवार मध्य राति सप्तरीको रुपनी गाउँपालिकाको स १ झ ५१८ नम्वरको स्कोरपिओ दुर्घटनामा परेर आंशिक क्षति पुगेको थियो भने चालकलाई समेत चोटपटक लागेको थियो ।

सो विषयमा सामाजिकमार्फत अभियान्ता राजुले प्रश्न उठाउदा गाउँपालिकाका अध्यक्ष यादव र वडा नम्वर १ का निवर्तमान वडाध्यक्ष पिताम्बर यादवले राजुलाई कुटपिट गरी मोबाइल समेत खोसेका छन् ।

पिताम्बर वडा नम्वर १ की अध्यक्ष लिला यादवका श्रीमान् हुन् । सोबारे वडाध्यक्ष लिला र निवर्तमान वडाध्यक्ष पिताम्बरलाई सम्पर्क गर्न खोज्दा फोन उठेन ।

उता, गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले समान्य भनाभन मात्रै भएको बताउँदै आएका छन् ।

यो पनिः

रुपनीको स्कोरपिओ मध्य रातमा बजारियो, प्रश्न उठाउदा अभियानतामाथि कुटपिट

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780