प्रहरी जवानलाई नै हातखुट्टा बाँधेर १२ घण्टासम्म बाँधेर दिइयो यातना

लहान – जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई कार्यालय परिसरभित्र हतकडी लगाएर यातना दिएको भिडियो सार्वजनिक भएको छ ।

रायलाई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक हेमन्त राईको नेतृत्वमा सोमबार साँझ हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको भिडियो सार्वजनिक भएको हो । महोत्तरीको जलेश्वर नगरपालिका–८ फुलहट्टाका रायलाई सिरहा बजारबाट साँझ नियन्त्रण लिएर कार्यालयभित्रै हतकडी लगाउनुका साथै बाँधेर राखिएको थियो ।

हतकडी लगाएर लडाइएको दृश्य देखिएको भिडियोमा प्रहरी जवान रायले पटकपटक ‘यस्तो यातना नदिनु न सर’ भनेको सुनिन्छ । मदिरा सेवन गरेको भने पनि रायले प्रतिकार गर्दै मैले मदिरा सेवन गरेको छैन भनेका छन् ।

प्रहरी निरीक्षक राईकै कमाण्डमा प्रहरी जवान रायलाई निरन्तर अधिक ड्युटी गराएपछि उनले हवल्दारसँग गुनासो पोखेका थिए । हवल्दारको सल्लाह अनुसार पीडित रायले प्रहरी निरीक्षक राईसँग गुनासो गर्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी रविन्द्रराज पाण्डेले भने प्रहरी जवान रायलाई यातना नदिएको दाबी गरेका छन् । ‘प्रहरी जवान रायले २५ गते सोमबार साँझ ड्युटीमा रहेका जवानलाई गाली गलौज गर्दै हतियार खोस्ने प्रयास गरेर भागे,’ डीएसपी पाण्डेले भने, ‘त्यही क्रममा सिरहा बजारबाट नियन्त्रणमा लिई हतकडी लगाएर कार्यालयमा राखिएको मात्रै हो । यातना दिएको होइन ।’

घटनाबारे मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले छानबिन गरिरहेको उनले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780