यी हुन् ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उपचारमा ५० देखि शत प्रतिशत छुट दिने ६२ अस्पताल

जनकपुरधाम । सरकारले ज्येष्ठ नागरिकलाई सहज रुपमा उपचार सेवा प्रदान गर्ने अस्पतालको संख्या थप गर्दै लगेको छ। ज्येष्ठ नागरिकलाई निशुल्क एवं छुट सुविधा उपलब्ध गराउने अस्पतालको संख्या विस्तार गर्दै ६२ वटा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयले यो आर्थिक वर्षमा दुई वटा अस्पतालमा सेवा विस्तार गर्दै छुटदेखि निशुल्क सेवा प्रदान गर्ने अस्पतालको संख्या ६२ पुर्यामएको हो। यो आर्थिक वर्षमा नरदेवी आयुर्वेद अस्पताल र कीर्तिपुर बर्न अस्पतालमा सेवा थप हुने भएको हो।

मन्त्रालयले ज्येष्ठ ‘नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन २०८०/८१ मा देशभर ज्येष्ठ नागरिक निःशुल्क एवं सहुलियतपूर्ण रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालहरुको संख्या ६२ पुगेको उल्लेख गरेको छ। यसअघि २०७९/८० मा ६० वटा अस्पतालहरुले यो सेवा सञ्चालन गर्दै आएका थिए।

कुन उमेरका नागरिकलाई कति छुट?
मार्गदर्शन अनुसार यी अस्पतालमा उमेरहद, शारीरिक अशक्तता र आर्थिक स्थितिका आधारमा ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई निश्चित स्वास्थ्य उपचार सेवामा ५० प्रतिशत छुट दिनुपर्नेछ।

७० देखि ७९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई शारीरिक अशक्तता, दीर्घरोग र आर्थिक स्थितिका आधारमा ७५ प्रतिशत छुट पाउने छन्।

८० देखि ८४ वर्षसम्मकाले ७० देखि ७९ वर्षसम्मका नागरिकले पाएको सेवाभन्दा थप सुविधा पाउने छन्।

८५ वर्षभन्दा माथिकालाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवाहरु नि:शुल्क हुने व्यवस्था छ। तर अस्पतालले उपलब्ध गराएको वार्ड वा बेडको प्रयोग नगरी प्राइभेट वार्ड वा क्याबिनमा बसी उपचार गरे सरकारले दिएको यी कुनै पनि सुविधा लागु नहुने मार्गदर्शनमा उल्लेख छ।

अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवालाई ज्येष्ठ नागरिक मैत्री बनाउन आकस्मिक, बहिरङ्ग र अन्तरङ्गसेवा प्रयोग गर्न सहज हुने गरी आवश्यक भौतिक पूर्वाधारको निर्माण गरिएको हुनुपर्ने मार्गदर्शनले व्यवस्था गरेको छ।

यी हुन् सेवा प्रदान गर्ने ६२ अस्पताल

 

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780