सप्तरीमा नाबालिकामाथि सामूहिक बलात्कार, चार जना पक्राउ

राजविराज, २ साउन । सप्तरीको कञ्चनरुप नगरपालिकामा एक नाबालिकामाथि सामूहिक बलात्कार भएको छ । वडा नम्वर १२ धर्मपुर टोलमा गत शुक्रवार राति १७ वर्षीया नाबालिकामाथि सामूहिक बलात्कार भएको हो ।

बलात्कार घटनाका योजनाकारसहित चार जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कञ्चपुरका प्रहरी नायव उपरीक्षक दिपककुमार राईले जानकारी दिए । ‘घटनामा संलग्न रहेका चारै जनालाई हामीले नियन्त्रणमा लिएका छौं’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

उनका अनुसार सोही वडाका ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदिप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दिपेश सुबेदीलाई पक्राउ गरिएको छ ।

कैलाशले नै सुदिप, मनोज र दिपेशलाई बलात्कार गर्न निर्देशन दिई आफ्नै अगाडी बलात्कार गर्न लगाएको वयानको क्रममा पाइएको प्रहरी श्रोतले बताए ।

‘शुक्रवार मध्येराति ती नाबालिकाको घरमै पसेर चारै जनाले कोही नबस्ने छेउको घरमा पुर्याएर कैलाशको निर्देशनमा पालै–पालो सुदिप, मनोज र दिपेशले बलात्कार गरेको जाहेरीका साथै बयानबाट पनि खुल्न आएको छ’ प्रहरी श्रोतले भन्यो ।

घटनापछि ती नाबालिकाले आफ्नो घरमा सुनाएपछि जाहेरी आएको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस