कन्ट्रोल रुम घेर्ने कोसीपीडितको चेतावनी

नेपाल र भारतबीच सम्पन्न कोसी सम्झौता कार्यान्वयन गर्न माग गर्दै कोसीपीडितले मुआब्जाका लागि कोसी ब्यारेजमा रहेको कन्ट्रोल रुम घेर्ने चेतावनी दिएका छन् । कोसी नदी कटान डुबानपीडित संघर्ष समिति सप्तरी, सुनसरी र उदयपुरले राजविराजमा पत्रकार सम्मेलन गर्दै मुआब्जाका लागि २३ साउनदेखि कोन्ट्रोल रुम घेर्ने र आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

सम्झौता कार्यान्वयनमा भारत तयार रहे पनि नेपाल सरकारको तर्फबाट सार्थक पहल हुन नसकेको संघर्ष समितिका संयोजक महिदेवप्रसाद चौधरीले आरोप लगाए । दुवै देशको सरकारलाई दबाब दिन यसपटक २३ साउनदेखि अनिश्चितकालसम्म कोसी ब्यारेजको पूर्वी कन्ट्रोल रुमअगाडि नारा जुलुस र कोणसभा गर्ने संयोजक चौधरीले जानकारी दिए ।

कोसी ब्यारेज निर्माण गर्दा कटान र डुबानमा परेका हजारौँ बिघा जग्गाबापतको मुआब्जा भारत सरकारले दिने सम्झौता १२ वैशाख ०११ (१९५४)मा भएको थियो । तर, त्यसबापत पाउनुपर्ने मुआब्जा हालसम्म पनि पीडितले पाएका छैनन् । पुल र बाँध निर्माणका कारण सुनसरीको चतरादेखि सप्तरीको कुनौली बोर्डरसम्म दुवैतर्फको तटबन्धभित्र पर्ने ४८ हजार ६ सय ९५ बिघा ३ कट्ठा १७ धुर जग्गा कटान र डुबानमा परेको तथ्यांक छ ।

Author:



क्याटोगरी छान्‍नुहोस