आइडियलद्वारा रजत जयन्तीको अवसरमा ‘२५औं बर्ष २५ कार्यक्रम’ अभियान सञ्चालन

राजविराजआइडियल सहकारी संस्था लिमिटेड राजविराजले रजत जयन्ती बर्षको अवसरमा संस्थाले सञ्चालन गरेको विभिन्न बचतयोजनाहरुमा विशेष ब्यवस्था गर्दै२५औं बर्ष २५ कार्यक्रमअभियान सञ्चालन गर्ने भएको

शुक्रबारदेखि २५ औं बर्षमा प्रवेश गरेको आइडियलले उक्त अवसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी संस्थाको २५औं स्थापनादिवस तथा रजत जयन्ती समारोह मनाउँदै संस्थाको अगामी योजनाहरु सार्वजनिक गरेको

जलवायु परिवर्तन, रक्तदान, युवाका लागि विशेष कार्यक्रम, खेलकुद, सञ्चार क्षेत्रको विकास, स्वास्थ्य शिविर, मैथिली भाषासाहित्यको विकासमूलक कार्यक्रम, सचेतनामूलक कार्यक्रम जस्ता समुदायलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रमहरु सो अभियानअन्तर्गतसञ्चालन गर्ने योजना रहेको संस्थाका अध्यक्ष गणेश कुमार आशले जानकारी दिए 

उक्त अवसरमा संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा कृषि क्षेत्रको उत्थान तथा विकासकालागि संस्थाले कृषक समृद्धि योजनाअन्तर्गत कृषि क्षेत्रमा उत्पादनमूलक कार्य गर्ने कृषकलाई सहुलियत दरमा ऋण प्रवाह गर्ने जस्ता योजना रहेको उल्लेख गरिएको

६० बर्षभन्दा माथिका जेष्ठ सदस्य बचतकर्ताहरुलाई ध्यानमा राखी न्युनतम मौज्दात लाखभन्दा बढी बचत रकम पुगेका सदस्यहरुलाईनिःशुल्क तिर्थाटन गराउने विशेष ब्यवस्था गरिनुका साथै महिलालाई आर्थिक कारोबारमा प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको नारी बचतयोजनामा समेत विशेष ब्यवस्था गरिएको

समुदायलाई बाढीबाट जोगाउन पूर्व सूचना दिने उद्देश्यले स्थापना गरिएको प्रणालीको सञ्चालन तथा ब्यवस्थापनका लागि उक्तसहकारी संस्थामा खोलिएको समुदायमा आधारित बाढी पूर्व सूचना प्रणालीको खातामा सामाजिक उत्तरदायित्व स्वरुप संस्थाकोतर्फबाट ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको

सहकारी संस्थाको समग्र अवस्था मूल्यांकन गर्ने पल्र्स मापदण्ड बमोजिम संस्थाको आर्थिक तरलता कम्तिमा १५ प्रतिशत हुनुपर्नेमा२६.४२ प्रतिशत तथा मापदण्डले सहकारी संस्थाको बाह्य ऋण ५प्रतिशतभन्दा कम हुनुपर्ने तोकेको अवस्थामा उक्त संस्थाको बाह्य ऋणशुन्य दशमलव ३६ प्रतिशत मात्रै रहेको जानकारी दिए संस्थाले गत आर्थिक बर्ष २०७९/०८० मा करोड ३५ लाख ७१ हजार ७११रुपैयाँ ४८ पैसा खुद मुनाफा गरेको

कूल ११ करोड ३० लाख सय रुपैयाँ शेयर पूँजी रहेको आइडियल सहकारीले आफ्ना सदस्यहरुबाट रु. ८५ करोड ९० लाख ३८ हजार७७८ रुपैयाँ ८५ पैसा निक्षेप संकलन गरेको अध्यक्ष आशले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख संस्थाले हजार २८३ जनाब्यक्तिलाई कूल ८१ करोड ३६ लाख ७९ हजार ८५८ रुपैयाँ ६७ पैसा ऋण लगानी गर्दै कूल १अर्ब २० करोड ३९ लाख ४५ हजार ७२९रुपैयाँ ६३ पैसाको वासलात रहेको सो प्रतिवेदनमा उल्लेख

विदेशमा कार्यरत ब्यक्तिहरुले विभिन्न रेमिटान्समार्फत पैसा घर पठाउने गर्दा अनेक झन्झट ब्यहोर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दैविदेशबाट सिधै आफ्नो खातामा पैसा पठाउने ब्यवस्था गरिएको जानकारी दिंदै हाललाई कुवेत, सिंगापुर जापानमा बस्ने ब्यक्तिकोहकमा सिधै आइडियल सहकारी संस्थामा रहेको आफ्नो खातामा पैसा पठाउने ब्यवस्था मिलाइएको आशले जानकारी दिए   खाडीमुलुकमा रहेका कामदारहरुका लागि समेत केही दिनभित्रै सो सेवा सञ्चालनमा ल्याउन लागेको जानकारी गराइएको

संस्थाका अध्यक्ष आशको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंह, विशिष्टअतिथी प्रदेश सभा सदस्य सतिश कुमार सिंह, राजविराज नगरपालिकाका कार्यबाहक प्रमुख ईसरत प्रविण, राष्ट्रिय सहकारी बैंककासंचालक सदस्य विश्वनाथ मण्डल, नेपाल पत्रकार महासंघ सप्तरीका सचिव रामनारायण विश्वास, मैथिली साहित्य परिषदका अध्यक्षअवधेश कुमार झा, सहयोगी सहकारी संस्था कंचनपुरका अध्यक्ष अनोजकुमार यादव, शेयर सदस्यहरु मनोहर कुमार पोखरेल, लखिन्द्रप्रसाद साह, ईन्द्रनारायण देव, धु्रवप्रसाद देवसहितकाले शुभकामना ब्यक्त गरे

संस्थाका संचालक समितिका सचिव शैलेशकुमार चौधरीले स्वागत गरेको सो कार्यक्रम राजेश झाले सञ्चालन गरेका थिए

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780