अंश मुद्दामा मिलापत्रको पाना नै किर्ते गरेपछि…

राजविराज – सप्तरीमा एक व्यक्तिले अंश मुद्दामा अदालतबाट भएको मिलापत्रका पाना नै किर्ते गरेको पाइएको छ ।

सार्वजनिक लिखत किर्ते सम्बन्धी कसूरमा प्रहरीमा जाहेरी परेपछि सो विषय बाहिरिएको हो । जाहेरी परेपछि जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ का शिवप्रसाद मण्डललाई पक्राउ गरी सार्वजनिक लिखत किर्ते सम्बन्धी कसूरमा जिल्ला अदालतबाट म्याद लिइएको सप्तरी प्रहरीका प्रवक्ता नरेशकुमार सिंहले बताए ।

सोही ठाउँका कुशेश्वर प्रसाद मण्डलले अंश दर्ता मुद्दा दिएका थिए । सो मुद्दामा जिल्ला अदालत २०७८ भदौ ७ गतेको पत्रले भुमि सुधार तथा मालपोल कार्यालय राजविराज सप्तरीलाई मिलापत्रको जानकारी पठाइएको थियो ।

शिवप्रसादले सो अदालतको मिलापत्रको पानाहरु नै किर्ते खडा गरी मिलापत्र कागजमा उल्लेखित क्षेत्रफलभन्दा बढि क्षेत्रफल बनाई जग्गा दखिला गरेका थिए ।

सो विषयमा प्रहरीमा जाहेरी परेपछि साउन ४ गते उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

मिति २०८१।०७।१९ गते दिउँसो १ बजे श्री क.न.मा.वि. रायपुर स्कूलबाट SLC पास गरेको भु.पु. विद्यार्थीहरुको भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम रहेकोले तपाईको उपस्थितीका लागि आमन्त्रणका साथै नजिकको साथिहरुलाई जानकारी गराउनुहुन अनुरोध छ । उमेश कुमार यादव 9804752133